spot_img
Homeअन्तर्राष्ट्रियमंगल ग्रह पुर्‍याउने ‘स्टारसिप’

मंगल ग्रह पुर्‍याउने ‘स्टारसिप’

अमेरिकी अर्बपति इलन मस्कको स्पेस-एक्स कम्पनीले मानिसहरूलाई मंगल ग्रहमा पुर्‍याउने उद्देश्यले स्टारसिप निर्माण गरेको हो । हाल परीक्षणको क्रममा रहेको परियोजना सफल भए मस्कले भनेजस्तै पृथ्वीबाट चन्द्रमा र चन्द्रमाबाट मंगल ग्रह छोटो समयमा पुग्न सम्भव हुनेछ ।

काठमाडौँ — अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सले अप्रिल २० मा ‘स्टारसिप’ को पहिलो परीक्षण गर्‍यो । प्रक्षेपण भएको ४ मिनेटपछि ३९ किलोमिटर (२४ माइल) को उचाइमा पुग्दा स्टारसिप पूर्णरूपमा ध्वस्त भएपछि ‘स्टारसिप’ को योजना थियो ।

यान ९० मिनेटभित्र पृथ्वीको सतहदेखि २३३ किमि (१४५ माइल) को उचाइमा पुगेर पुनः पृथ्वीमा फर्कने जनाइएको थियो । तर त्यसका लागि प्रक्षेपण भएको ३ मिनेटमा स्टारसिपसँगैको फाल्कोन हेभीबाट छुट्टिनुपर्ने थियो, तर त्यसो हुन सकेन । त्यतिकै अड्किँदा स्टारसिप पड्किएको स्पेस एक्सले जनाएको छ । पूर्वतयारीअनुसार सुपर हेभी उडान भरेको ८ मिनेटपछि गल्फ अफ मेक्सिकोमा आउने अनुमान थियो ।

अमेरिकी अर्बपति इलन मस्कले मानिसलाई मंगल ग्रह पुर्‍याउने उद्देश्यसहित दुई दशकअघि स्थापना गरेको स्पेस–एक्स कम्पनीले स्टारसिप निर्माण गरेको हो । अहिले यो परीक्षणकै क्रममा छ । मस्कले भने जस्तै स्टारसिप परियोजना सफल हुने हो भने पृथ्वीबाट चन्द्रमा र चन्द्रमाबाट मंगल ग्रह पानीपँधेरो हुनेमा दुई मत छैन । २०१६ मा मस्कले इन्टरप्लानेटरी ट्रान्सपोर्ट सिस्टममार्फत मंगल ग्रहमा जान सकिने बताएका थिए । त्यसलाई परिष्कृत गरेर ‘बिक फाल्कोन रकेट’ र त्यसलाई परिष्कृत गरेर अहिले ‘स्टारसिप’ भन्न थालिएको हो ।

स्पेस एक्सका अनुसार एउटा बुस्टर सुपर हेभी रकेट र स्टारसिप अन्तरिक्षयानको संयुक्त संरचनालाई स्टारसिप नाम दिइएको हो । स्टारसिप प्रक्षेपण गर्नुअघि सुपर हेभी रकेटलाई बुस्टरको रूपमा प्रयोग गरिएको छ । यसमा ३३ वटा राप्टर इन्जिन छन् । जसमा चिसो तरल मिथेन र अक्सिजन प्रयोग गरिन्छ । यो पुनः प्रयोग गर्न मिल्ने खालको बुस्टर रकेट हो । यो स्टारसिपलाई एउटा उचाइसम्म पुर्‍याएर बेसमै फर्कने सक्ने रकेट हो । सुपर हेभी रकेटको उचाइ २२६ फिट र स्टारसिप यानको १६४ फिट गरेर स्टारसिपको कुल उचाइ ३९६ फिट (१२० मिटर) छ । ९ मिटर चौडाइ रहेको यो यानको पेलोड क्षमता सयदेखि १५० टन छ ।

यसमा प्रयोग भएका राप्टर इन्जिनहरू मिथेन र अक्सिजन स्टेज्ड कम्बसन हुन् । मंगल ग्रहमा पनि मिथेन निकाल्न सकिने भएकाले मस्कले यसको इन्जिन मिथेन र अक्सिजन स्टेज्य कम्बसन बनाएका हुन् । इन्धनको रूपमा प्रयोग हुने मिथेनलाई मंगल ग्रहबाट पनि निकाल्न सकिने र धेरै थ्रस्ट पनि विकासित गर्ने हुँदा भरपर्दो हुने बताइएको छ । यसमा प्रयोग हुने अक्जिसनले अक्सिडाइजरको काम गर्छ र इन्धनका रूपमा प्रयोग हुन्छ । मिथेनले धेरै थ्रस्ट डेभ्लोप गर्ने र मंगल ग्रहबाट पनि निकाल्न सकिने स्पेस एक्सले जनाएको छ ।

यस्तै, यसले दिने थ्रस्ट (धक्का) फाल्कोन ९ मा प्रयोग हुने मर्लिन इन्जिनको भन्दा दुई गुणा बढी छ । यी भ्याक्युम इन्जिनयहरू अन्तरिक्षको भ्याक्युममा पनि प्रयोग हुनेछन् । सुपर हेभीमा ३३ वटा राप्टर इन्जिन छन् । १३ वटा मध्यभाग र बाँकी २० वटा चाहिँ बुस्टरको वरिपरि प्रयोग हुनेछ । मानिससमेत बस्न मिल्ने स्टारसिपमा चाहिँ ६ वटा इन्जिन छन् । जसमा ३ वटा राप्टर र ३ वटा भ्याक्युम इन्जिन रहेको स्पेस एक्सले जनाएको छ ।

फ्लाइट टर्मिनेसन सिस्टम (एफटीएस) मा आएको गडबडीका कारण अप्रिल २० को प्रक्षेपण असफल भएको बताइएको छ । यद्यपि, यसबारे विभिन्न बहसहरू भइरहेका छन् । बुस्टर रकेटले स्टारसिपबाट अलग्गिनुको साटो त्यही अड्किँदा विस्फोट भएको बताइएको छ । बुस्टर रकेट फर्किएपछि स्टारसिप अन्य ६ वटा इन्जिनको सहयातले अन्तरिक्षमा जाने बताइएको छ । स्टारसिप मानिस बस्न तथा कार्गो पठाउन मिल्ने गरी बनाइएको छ । यसबाट पृथ्वीको तल्लो र माथिल्लो कक्षमा कार्गो ढुवानी गर्न सक्ने, चन्द्रमा पुग्न सक्ने र मंगल ग्रहमा पनि कार्गो पठाउन प्रयोग हुने स्पेस एक्सले जनाएको छ । स्टारसिपका हरेक क्याबिनमा ४ देखि ५ जना मानिस बस्न सक्छन् । एक सय जना मानिसलाई लामो दूरीको यात्रामा लैजान सक्ने स्पेक्स एक्सले राखेको विवरणमा उल्लेख छ ।

चन्द्रमामा लुनार बेस बनाउनका लागि धेरै किसिमका संरचना आवश्यक पर्ने औंल्याइएको छ । त्यसका लागि धेरै नै ठूला भौतिक संरचनाहरूको निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक पर्ने ब्लक्सहरू यही यानमार्फत लैजान सकिने जनाइएको छ । मंगल ग्रहमा बस्ती बसाल्ने योजनाका लागि कार्गो र क्रियुको भरपर्दो माध्यम स्टारसिप हुने मस्कले बताउँदै आएका छन् ।

स्पेस एक्सले यही यानमार्फत पृथ्वीको हरेक कुना आधा घण्टाभित्र पुग्न सकिन्छ । उसले अन्तर्राष्ट्रिय फ्लाइटहरू आधा घण्टाभित्र गराउने योजना राखेको छ । न्युयोर्कबाट सांघाई ३९ मिनेटमा, हङकङबाट सिंगापुर २२ मिनेटमा, लस एन्जेलसबाट टोरोन्टो २४ मिनेटमा, दुबईबाट बैंकक २७ मिनेटमा, लन्डनबाट दुबई २९ मिनेटमा लैजान सकिने मस्कले बताएका छन् ।

यानलाई इन्धनको अभाव नहोस् भनेर स्पेसएक्सले पृथ्वीको कक्षमै फ्युल रिफिलिङको सुविधा राख्ने तयारी गरेको छ । यसले मंगल ग्रहमा जानका लागि आवश्यक फ्युलको खपत घटाउने विश्वास छ । पृथ्वीको तल्लो कक्षमा फ्युल भरेर मंगल ग्रहमा जान सकिने मस्कको भनाइ छ । यसका लागि छुट्टै ट्र्यांकर जहाजको परिकल्पना गरिएको छ । मस्कले आफ्नो महत्त्वाकांक्षी परियोजना सफल बनाउन छुट्टै स्टार बेसको पनि निर्माण गरेका छन् । अर्बौं डलर लगानी गरेर मंगल ग्रहसम्म लैजाने यान भन्दै छुट्टै स्टारबेस निर्माण गरिएको छ । यो बेस मेरिकाको टेक्सास राज्यस्थित केमरुन काउन्टीमा निर्माण गरिएको छ । स्टारसिपको अप्रिल २० को परीक्षण प्रक्षेपण यही बेसबाट गरिएको थियो । यो स्पेस एक्सका ४ वटा बेसमध्यको एक हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments