spot_img
Homeसमाचारसंघीय गठबन्धनकै आधारमा मधेश सरकार पुनर्गठन हुन्छ : अध्यक्ष यादव

संघीय गठबन्धनकै आधारमा मधेश सरकार पुनर्गठन हुन्छ : अध्यक्ष यादव

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा भएको गठबन्धनकै आधारमा मधेश प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।

शुक्रबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेश सरकार पुनर्गठन हुने बताएका हुन् । उनले संघीय सरकारमा भएको गठबन्धनअनुरूप नै मधेश सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताए । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे ।

उनले भने, ‘यही सरकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ । संघमा सरकारमा रहेका पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अगाडि बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनर्गठन चाँडै हुन्छ ।’

उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने÷नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments