spot_img
Homeप्रदेशनारायणगढमा 'चित्तौन कचेहेरी' सुरु

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु

चितवन — चितवनको इतिहास र अवस्थाका साथै देशका ज्वलन्त सामाजिक मुद्दा अनि साहित्य र सिर्जनामाथि बहस गर्न आज शुक्रबारबाट नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु भएको छ ।

कार्यक्रम भोलि शनिबारसम्म चल्ने छ । विभिन्न ६ वटा संघ संस्थाको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा ‘कचेहेरी’ हुने छ । चितवनका आदिवासी थारू समुदायको भाषाबाट कार्यक्रमको नाम र लोगो बनाइएको हो ।

कचेहेरीको मुख्य विषय चितवन उपत्यकामा कसरी बस्तीहरू बसे, कसरी यहाँको सभ्यता अगाडि बढ्यो भन्नेमा केन्द्रित रहने छ । चितवनका समस्या र सम्भावनाहरू खोतल्ने प्रयास हुने कचेहेरीकी संयोजक सरिता तिवारीले बताइन् । ‘यहाँको विकासक्रममा आदिवासीहरू कहाँ कसरी छुटे, जात व्यवस्थाले दलित समुदाय र नेपाली समाजलाई कहाँ पुर्‍यायो, लैंगिक विभेद र हिंसाको दबदबा कस्तो छ साथै जलवायु संकट र प्रविधिको उपयोगका बारेमा पनि हामी चर्चा गर्ने छौँ,’ तिवारीले भनिन् ।

चितवन निकुञ्जका मध्यवर्ती क्षेत्रका कथा व्यथा र कृषिको कथा, नागरिकता र जलस्रोतको मुद्दा तथा तेस्रो लिंगीका विषयहरूमा पनि कार्यक्रममा चर्चा हुने छन् । साहित्य कार्यक्रम, पुस्तक विमोचन र विमर्श तथा रचना वाचन पनि हुने छ । मान्छेका जीवन मरणका विषयहरू उठान गर्ने, थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास आफूहरूले गर्ने संयोजक तिवारीको भनाइ छ ।

मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मञ्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा ‘चित्तौन कचेहेरी’ आयोजना गरेका हुन् । आउँदा वर्षहरूमा पनि कार्यक्रम निरन्तर आयोजना गर्ने आयोजक समितिका सहनिर्देशक डा.जीवन क्षेत्रीले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments