spot_img
Homeअन्तर्राष्ट्रियपरराष्ट्रमन्त्री साउद ‘इन्डियन ओसन कन्फेरेन्स’ मा सहभागी हुन आज ढाका जाँदै

परराष्ट्रमन्त्री साउद ‘इन्डियन ओसन कन्फेरेन्स’ मा सहभागी हुन आज ढाका जाँदै

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउद आज बिहान ११ बजे बंगलादेशको ढाका जाँदै छन् । ‘छैटौं इन्डियन ओसन कन्फेरेन्स–२०२३’ मा सहभागी हुन उनी ढाका जान लागेको उनका स्वकीय सचिव दिपककुमार जोशीले जानकारी दिएका छन् ।

कन्फेरेन्स ढाकामा दुई दिन चल्ने छ । हिन्द महासागर क्षेत्रको दिगो भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको साउदका स्वकीय सचिव जोशीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा भारत र बंगलादेशसहित दुई दर्जनभन्दा बढी मुलुकका परराष्ट्रमन्त्री, मन्त्रीहरू तथा सरकारी तहका अन्य उच्च पदाधिकारीहरू उपस्थित रहने बताइएको छ । कान्तिपुरलाई प्राप्त कार्यक्रमको तालिकाअनुसार ओमान, अस्ट्रेलिया, ताजिकिस्तान, अस्ट्रेलिया, सिंगापुर, बंगलादेश, भियतनाम, रुस, माडागास्कर, पपुवा न्यू गिनी, जापान, यूएई, युगान्डा, सोमालिया, भियतनाम, कम्बोडिया, तान्जिनिया, इरान, माल्दिभ्स, सेशेल्स, अमेरिकालगायतका कूटनीतिक र अन्य क्षेत्रका अधिकारीहरु सहभागी हुनेछन् ।

साथै, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र दक्षिण एसियाली क्षेत्री सहयोग संगठन (सार्क) का महासचिवहरूको पनि सहभागिता हुने छ ।

दुई दिने कार्यक्रममा पहिलो दिन शुक्रबार चार सत्र र दोस्रो दिन ५ सत्र छन् । नेपालका परराष्ट्र मन्त्री साउदले दोस्रो दिन शनिबार हुने दोस्रो सत्रमा सहभागिता जनाउने छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments