spot_img
Homeमौसमपहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा पनि वर्षाको सम्भावना:...

पहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा पनि वर्षाको सम्भावना: जानकारी र निवेदन

Light rain in hilly areas today, rain likely in plains tomorrow and day after day

आज साॅमबार, पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना: मौसमविद्ले जानकारी दिएका छन्।

मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ। काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का पानी पर्ने मौसमविद् अधिकारीले बताउनुभयो। (कापीराइट फ्री)

तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ। तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार प्री-मनसुन सक्रिय हुँदैछ। भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ। तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन। यसले गर्मी बढेको छ।

भोलि र पर्सि भने मौसम बदली भई एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments