spot_img
Homeराजनीतिबजेटको खाका माग्दै जनमत पदाधिकारीसंग सवाल–जवाफ: संवाद र परिणामको सम्बन्धमा

बजेटको खाका माग्दै जनमत पदाधिकारीसंग सवाल–जवाफ: संवाद र परिणामको सम्बन्धमा

Questions and answers will also be held with public opinion officials asking for the draft of the budget

जनमत पार्टी, डा. सिके राउत नेतृत्वको, पार्टीभित्रै आगामी आर्थिक वर्षको बजेटको तयारीमा आग्रह गर्दैछ।

पार्टीले जनताबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुसँग बजेटको खाका माग गरेको छ। आइतबार पार्टीको जनप्रतिनिधि समन्वय बैठकले चार वटा निर्णय गरेको छ। सोही निर्णय अनुसार स्थानीय तहको जनप्रतिनिधिलाई आगामी आर्थिक वर्ष ०८०/८१ को खाका कोरेर पार्टीमा पठाउन निर्णय गरिएको पार्टी अध्यक्ष राउतको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार तीनै तहको सरकारमा बजेटबारे आफ्ना आफ्ना सुझाव दिने, चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गर्ने र जनताबाट निर्वाचित जनप्रतिनिधिसँग जनमत संग्रह गरिने निर्णय भएको छ। यी सुझाब र खाका सम्बन्धी प्रतिवेदन तयार पारी सम्बन्धित सांसद र पालिका प्रमुख/उपप्रमुखलाई पार्टीले बुझाउने तयारी छ। जनमत संग्रह जनमत पार्टीबाट जितेको जनतप्रतिनिधिकै स्थानमा साउन ६ गते हुने मिति तोकिएको छ भने सांसदहरुसँग यही जेठ १० गते गर्न लागेको छ। जनप्रतिनिधिसँगको सवाल जवाफ भौतिक उपस्थितिमै हुने छन् भने सांसदहरुको सार्वजनिक सुनुवाइ प्रविधिको सहयोग लिइ जुमबाटबाट गरिने छन्।

यस जनमत संग्रहमा जनतालाई पनि प्रश्न र जिज्ञासासहित सहभागी पार्टीले आह्वान गरेका छन्। पार्टीले प्रश्न गर्नको लागि ढाँचासमेत बनाएका छन्। सोही ढाँचा अनुसार प्रश्न दर्ता गराउन अनुरोध पनि गरेक छन्। जनताबाट निर्वाचित जनप्रतिनिधि र सांसदलाई थप जिम्मेवार बनाउन यस प्रकारको कार्यक्रम ल्याइएको विज्ञप्तिमा उल्लेख छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments