spot_img
Homeराजनीतिसिर्सिया नदीको प्रदुषण रोक्न संघीय सरकारको भूमिका चाहियो: सांसद यादवको सुझाव

सिर्सिया नदीको प्रदुषण रोक्न संघीय सरकारको भूमिका चाहियो: सांसद यादवको सुझाव

Federal government’s role needed to stop Sirsia river pollution: MP Yadav’s suggestion

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले उद्योगका कारण बारा र पर्सामा रहेका सिर्सिया नदीमा प्रदुषणको प्रभावलाई ध्यान दिएर संघीय सरकारले प्रदुषणमुक्त नदी बनाउन खेल्नुपर्ने भूमिका खेल्नुभएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यादवले वीरगञ्ज महानगरपालिकाको एलक प्रयासले सिर्सिया नदीको प्रदुषण रोक्न नसकिने बताएका छन्।

सिर्सिया नदीको प्रदुषण रोक्न लागि संघीय सरकारको भूमिका चाहिएको छ। महानगरले पटक-पटक जरिवाना गर्दा पनि उद्योगहरूले अटेरी गरेका छन्,’ उनले भने,‘संघ सरकारका उद्योग मन्त्री पर्सा निवासी हुनुहुन्छ। सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई कारबाही हुन्छ कि हुँदैन जानकारी चाहिन्छ।

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन चुरे तथा बन जंगल संरक्षण अभियानका ४२ जना अभियन्ताले वीरगञ्जदेखि काठमाडौंसम्मको पद यात्रासमेत सुरू गरेको उनले बताएका छन्।

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन चुरे तथा बन जंगल संरक्षण अभियानका ४२ जना अभियन्ताले वीरगञ्जदेखि काठमाडौंसम्मको पद यात्रासमेत सुरू गरेको उनले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments