spot_img
Homeप्रदेशशरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेस गरिएको

शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पेस गरिएको

The report of the investigation on the refugee case has been submitted to the District Public Prosecutor’s Office

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ ।

सोमबार प्रहरीको अनुसन्धान अधिकृतले सरकारी वकील कार्यालयमा पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको प्रतिवेदन बुझाएको हो ।

प्रहरीबाट अनुसन्धान सकेर मुद्धाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले जानकारी दिनुभयो ।

अनुसन्धानमा देखिएको आधार प्रमाण लगाएतका बिषयका विश्लेषण गर्ने र ज्येष्ठ १० गतेअघि नै अदालतमा जाने उहाले बताउनुभयो। संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य बिषयमा अनुसन्धानपछि निर्णय गरिने नेउपानेले जानकारी दिनुभयो।

शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ भने उनीहरूबाट २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगाएत १६ जनालाई पक्राउ गरि अनुसन्धान गरेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments