spot_img
Homeसमाचाररेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी  रेशम चौधरीलाई आममाफी नदिन सर्वोच्च अदालतमा रिट दायर भएको  छ । सरकारले भने चौधरीलाई गणतन्त्र दिवसको उपलक्षमा आमामाफिको दिने तयारी गरिरहेको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत)ले सर्वोच्चमा रिट दिएका हुन् । बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जनाइएको छ । बोहराले यसअघि राष्ट्रपति कार्यालयलाई पनि चौधरीलाई आम माफी नदिन भन्दै निवेदन लेखेकी थिइन् । गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments