spot_img
Homeराजनीतिजसपाको संशोधित विधान मस्यौदा पारित, विधान अधिवेशन फेरि सर्‍यो

जसपाको संशोधित विधान मस्यौदा पारित, विधान अधिवेशन फेरि सर्‍यो

जनता समाजवादी पार्टीको आइतबारको बैठकले संशोधन विधान मस्यौदा पारित गर्दै त्यसलाई राजनीतिक समितिमा पठाएको छ । राजनीति समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने जनाइएको छ । विधान मस्यौदालाई राजनीतिक र केन्द्रीय समितिबाट पारित गरी अधिवेशनमा लगिने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

विधान अधिवेशन फेरि सर्‍यो

जनता समाजवादी पार्टीको विधान अधिवेशन पुनः सरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले असार ९ मा तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको हो। सभा हलको व्यवस्थापन मिलाउनुपर्ने भएका कारण विधान अधिवेशन एक दिनका लागि सारिएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । सो पार्टीको विधान अधिवेशन तेस्रो पटक सरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments