spot_img
Homeशेयर बजारसांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता पत्रमा...

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक(SADBL) र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसको तर्फबाट निर्देशक डा.सबिन ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एएसजी आई केयर एण्ड हेल्थ सर्भिसले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी ओपीडी प्याकेज, सिनोपटोफोर, रेटिनोस्कोपी तथा अन्य प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ । आँखा चेक जाँचमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments